काठमाडौंमा ४१ हजार मत गन्दा बालेन र सुनितालाई साढे १५ हजार मत

काठमाडौंमा ४१ हजार मत गन्दा बालेन र सुनितालाई साढे १५ हजार मत

काठमाडौंः काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई झन् बढाउँदै लगेका छन्। प्राप्त पछिल्लो मतपरिणामअनुसार बालेनले १५ हजार ६६० मत ल्याएका छन्। 

हालसम्म महानगरमा ४१ हजार १३७ मनगणना हुँदा बालेन जत्तिकै मत उपमेयर पदकी सुनिता डङ्गोलले ल्याएकी छिन्। सुनिताले १५ हजार ४३५ मत ल्याएकी छिन्।

यस्तै एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित आठ हजार २१२ मतसहित बालेनलाई पछ्याउँदै छन्। केशवलाई कांग्रेसकी सिर्जना सिंहले सात हजार ३२७ मतसहित पछ्याइरहेकी छिन्।

काठमाडौंको मेयरमा राप्रपाका मदनदास श्रेष्ठले १३ सय ९५ मत पाएका छन्।

यता उपमेयरमा सुनितालाई एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले चार हजार ९३२ मतले पछ्याइरहेका छन्।

४ जेठ, २०७९, ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।