आज दिउँसो बागमती, गण्डकी र लुम्बिनीमा चट्याङसहित वर्षा हुने

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनीमा चट्याङसहित वर्षा हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको कारण वर्षा हुने भएको हो।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनीसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

४ जेठ, २०७९, ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।