पोखरा महानगर: साढे ३४ हजार मत गन्दा आचार्यलाई १८ सयको अग्रता

पोखरा महानगर: साढे ३४ हजार मत गन्दा आचार्यलाई १८ सयको अग्रता

पोखराः  पोखरा महानगरपालिकामा हालसम्म ३४ हजार ६१३ मत गणना हुँदा मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ। गठबन्धनका उम्मेदवार आचार्यले १४ हजार ३६२ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले १२ हजार ५१७ मत पाएका छन्। थापाको भन्दा आचार्यको एक हजार ८४५ मत बढी छ। आचार्यले पछिल्लो पटक अझ मतान्तर बढाउँदै लगेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले एक हजार ४८३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खड्कराज(गनेश) पौडेलले ८१५ मत पाएका छन्।

उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले १४ हजार ६६१ मत प्राप्त गरेकी छन्। एमालेकी मञ्जुदेवी गुरुङले १४ हजार २७५ मत प्राप्त गरेकी छन्। रानाभाटले गुरुङलाई ३८६ मतले उछिनेकी छिन्।

महानगरको वडा नं १ मा एमाले, वडा नम्बर २, ३, ४, १२ र २३ मा कांग्रेस विजय भएको छ। महानगरमा अहिले वडा नम्बर ५, ६, ७, १३, २०, २४,२५ र २६ वडाको मतगणना चलिरहेको छ।

पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२६ मत खसेको थियो।

४ जेठ, २०७९, ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।