ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

काठमाडौंः ललितपुर जिल्लाको बागमती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन विजयी भएका छन्।लोप्चनले चार हजार ९०९ मतसहित जित्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज सञ्जेलले चार हजार ५३ मत ल्याए।

उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी निर्वाचित भए। दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी हुँदा एमालेका नमूना दोङले तीन हजार ७०० मत ल्याइन्।

पालिकाका सात वडामध्ये पाँचमा कांग्रेस र एकमा एमाले र एकमा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन्।

४ जेठ, २०७९, ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।