भरतपुर: ६ नम्बर वडाको मतगणना हुँदै गर्दा रेनु दाहाल १३ सय ९३ मतले अगाडि

भरतपुर: ६ नम्बर वडाको मतगणना हुँदै गर्दा रेनु दाहाल १३ सय ९३ मतले अगाडि

चितवनः भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छिन्। मेयर पदकी उम्मेदवार उनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेकी छिन्। 

हाल महानगरमा ६ नम्बर वडाको मतगणना हुँदैछ। जसमा रेनु दाहालले अहिलेसम्म नौ हजार ४४७ मत पाएकी छिन्। विजय सुवेदीले आठ हजार ५४ मत पाएका छन्। यी दुईबीच एक हजार तीन सय ९३ मतको अन्तर छ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार २६५ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गरेका छन्।

महानगरको वडा नं १, २, ४ र ५ मा वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ।

४ जेठ, २०७९, ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।