दाङको लमहीको मेयरमा कांग्रेसका उम्मेदवार विजयी

दाङको लमहीको मेयरमा कांग्रेसका उम्मेदवार विजयी

दाङः लमही नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका जोगराज चौधरी नौ हजार ३१७ मतका साथ विजयी भएका हुन्।

मेयरका प्रतिस्पर्धी माओवादीका वसन्तराज शर्माले सात हजार २८५ मत प्राप्त गरे। एमालेका उम्मेदवार दण्डीराम चौधरीले पाँच हजार ५०३ मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसकै लक्ष्मी योगी विजयी भएकी छिन्। उनले आठ हजार ७३७ मत ल्याएर विजयी भएकी हुन्।

उपमेयरमा माओवादी केन्द्रकी गंगा पाण्डेले पाँच हजार ८४८ प्राप्त गरेकी छन्। एमालेकी सुशीला शर्माले पाँच हजार ३१२ मत प्राप्त गरिन्।

लमहीमा ९ वडामध्ये ८ वडा कांग्रेसले जितेको छ। एउटा वडा माओवादी केन्द्रले जितेको छ।

४ जेठ, २०७९, ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।