टोखाको मेयरमा एमालेका अधिकारी, उपमेयरमा कांग्रेसका तामाङ निर्वाचित

टोखाको मेयरमा एमालेका अधिकारी, उपमेयरमा कांग्रेसका तामाङ निर्वाचित

काठमाडौंः टोखा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार प्रकाश अधिकारी निर्वाचित भएका छन्। बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई १७४ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि अधिकारी निर्वाचित भएका हुन्।

अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा थापाले १० हजार १६६ मत प्राप्त गरिन्।

उपमेयरमा कांग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन्। तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गरिन्।

डङ्गोलले दोस्रो कार्यकाल उपमेयर दोहोर्याउन चाहे पनि उनी पराजित भइन्। कुल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो।

काठमाडौंको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन्।

४ जेठ, २०७९, ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।