बाराको एक वडा जितेर खाता खोल्यो विवेकशील साझाले

बाराको एक वडा जितेर खाता खोल्यो विवेकशील साझाले

बारा : गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा प्रभावशाली उपस्थिती देखाउन सकेको विवेकशील साझाको उम्मेदवारले यसपालि न्यून मत पाए पनि पार्टीले बाराबाट खाता खोलेको छ। विवेकशील साझा पार्टीबाट बाराको फेटा गाउँपालिका वडा नम्बर ६ मा उम्मेदवार बनेका समूहले नै जितेका छन्।

वडाध्यक्षमा पार्टीका मौलाना मिरहमजा ठकुराईले जितेका छन् भने वडा सदस्यमा कुदरत मिया अन्सारी, लालबाबु ठकुराई र कलिमा खातुनले जितेका छन्। फेटा गाउँपालिकाको अध्यक्षमा समेत साझाले उम्मेदवारी दिएको छ।

 

३ जेठ, २०७९, २३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।