भरतपुरमा रेनुको अन्तर फराकिलो बन्दै, सुवेदी पाँच सयले पछि परे

भरतपुरमा रेनुको अन्तर फराकिलो बन्दै, सुवेदी पाँच सयले पछि परे

काठमाडौँ : भरतपुर महानगरपालिकाको २२ हजार ३ सय ८७ मत गन्दा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमाले उम्मेदवारलाई पाँच सय चार मतले पछि पारेकी छिन्। मङ्गलवार बेलुका सार्वजनिक मत परिणाम अनुसार रेनुले ७७१४ मत पाउँदा विजय सुवेदीले ७२१० मत पाएका छन्।

तेस्रो नम्बरमा रहेका जगन्नाथ पौडेलले ३६९२ मत पाएका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ९३१६ मतले अगाडि छन्। एमालेको समर्थनमा उपमेयरको उम्मेदवार बनेकी राप्रपाकी हिमला गुरुङले ५९६५ मत पाएकी छिन्।

वडा नम्बर १,२,३ ,४ र ५ को २१ हजार ८ सय ५६ मत गनी सकिएको छ। अहिले वडा नम्बर ६ को ५३१ मत गनिएको छ।

३ जेठ, २०७९, २३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।