सुर्खेतका दुई पालिकामा कांग्रेसले जित्यो, एकमा एमाले 

सुर्खेतका दुई पालिकामा कांग्रेसले जित्यो, एकमा एमाले 

सुर्खेत : सुर्खेतका तीन पालिकाको मतगणना सम्पन्न भएको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र पुर्वी  सुर्खेतको चिंगाड गाउँपालिकाको मत गणना सम्पन्न भएको हो। पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रसका विजयी भएको छ। मेयरमा कांग्रेसका लालवीर भण्डारी र उपमेयरमा मुक्तिदेवी रेग्मी निर्वाचित भएका हुन्।

भण्डारीले ५९०९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याएका छन्। पञ्चपुरीमा कांग्रेसले वडा नम्बर२,३,५,७,८,९,१० र११ गरी ८ वटा वडा  जितेको छ भने एमालेले २ वटा वडा जितेको छ। यस्तै माओवादीले वडा नम्बर ६ मा अध्यक्षसहित २ सदस्य जित्दा कांग्रेसले पनि दुई सदस्य जितेको छ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मुक्तिदेवी रेग्मीले ६९४ मत ल्याउँदा एमालेकी दुर्गाकुमारी जैसीले ५१६८ ल्याएकी छिन्। रेग्मी २०७४ को स्थानीय निर्वाचनमा पनि उपाध्यक्षमै निर्वाचित भएकी थिइन्। पञ्चपुरी नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेस नै निर्वाचित भएको थियो।

सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ। चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका हुन्। मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन्। जिसीले ३५९१ मत प्राप्त गर्दा शर्माले ३५३० मत पाएर पराजित भएका छन्।

यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले ३५८१  मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्य पराजित भएकी छन्। भने उनले ३४६९ मत पाएकी छन्। यस पालीकामा वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ।

यस्तै बराहताल गाउँपालिकाको  अध्यक्षमा काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन्। पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन्। उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन्। विष्टले ३५९९ मत प्राप्त गरेकी छन्। यहाँ  कांग्रेसले वडा नम्बर ३,५,६, जितेको छ भने वडा नम्बर ७ र ९ मा चार सदस्य मात्र विजयी भएका छन्। 

यस्तै एमालेले वडा नम्बर२,७,८,९ र १० मा विजय हाँसिल गर्दा माओवादीले वडा नम्बर १ मा पुरै प्यानल र वडा नम्बर १० मा ४ जना  सदस्य जितेको छ। वडा नम्बर ८ मा पनि एक सदस्य कांग्रेसले जितेको छ।  चौकुनेमा सत्ता गठबन्धन माओवादी र कांग्रेस जितको नजिक पुगेका  छन्। वीरेन्द्रनगरमा पनि कांग्रेसका मेयर र एमालेका उपमेयरले अग्रता लिईरहेका छन् भने अन्य पालिकाको मतगणना भइरहेको छ।

३ जेठ, २०७९, २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।