धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर बढी मतको अग्रता

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर बढी मतको अग्रता

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबारसम्म १७ हजार १५९ मतगणना भएको छ।

दिउसो ३ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले ७ हजार ८१६ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन्।

हमाल र वडबीच ३ हजार ९४५ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४१६ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ३ हजार ३०७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन्।

३ जेठ, २०७९, १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।