गठबन्धनलाई हराउँदै गुल्मीको मुसिकोटमा एमाले विजयी

गठबन्धनलाई हराउँदै गुल्मीको मुसिकोटमा एमाले विजयी

बुटवल : नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एसका सचिव रामकुमारी झाँक्रीको क्षेत्रमा रहेको गुल्मीको मुसिकोट नगरपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदार विजयी भएका छन्। सत्तारुढ दलको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा एमालेका जीबलाल खरेल (जीवन) ७ हजार ३ सय ९९ मत ल्याएर विजयी भएका हुन्। 

त्यसैगरी उपप्रमुखमा एमालेका गंगा श्रेष्ठ ७ हजार ११ मत ल्याएर विजयी भएकी छन्। नगरप्रमुखमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए भने उपप्रमुख एकीकृत सामाजवादीका श्रीराम महत ६ हजार ३ सय २३ मत ल्याएका छन्। नगरमा रहेका रहेका ९ वटा वडाहरुमध्ये ५ नेकपा एमाले ४ वटा कांग्रेस जितेको छ।
 

३ जेठ, २०७९, १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।