रोल्पाका ६ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

रोल्पाका ६ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

रोल्पाः जिल्लाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा माओवादी केन्द्र र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ। रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्री गाँउपालिकामा माओवादी विजयी हुँदा गङ्गादेव र रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ।

रोल्पा नगरपालिकाको नगर प्रमुखमा माओवादीका सुरेन्द्र थापा घर्तीले सात हजार ६०३ मत प्राप्त गरी विजयी भएका छन्।उनका प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा माओवादीका गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भइन्। कांग्रेसका पुष्पा श्रेष्ठले तीन हजार ७१९ मत प्राप्त गरिन्।

थवाङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्। बुढाले दुई हजार १२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो।

उपाध्यक्षमा माओवादीकी सर्मिला बुढामगर दुई हजार १२२ मत ल्याई विजयी भएकी छिन्। कांग्रेस-एमाले-स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरे।

परिवर्तन गाउँपालिकामा माओवादीका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी विजयी भए। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरे।

उपाध्यक्षमा माओवादीका कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी भइन्। उनको प्रतिद्वन्द्वी एमालेकी सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरिन्। सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए।

रुन्टीगढी गाउँपालिकामा कांग्रेसका जनक पुनले चार हजार ३९१ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोविन्द पुनले तीन हजार ७०८ मत प्राप्त गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसकै सरिता केसी निर्वाचित भइन्। उनले चार हजार ४३७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कौशिला घर्ती क्षेत्रीले तीन हजार ७०८ मत प्राप्त गरेकी थिइन्।

माडी गाउँपालिकामा माओवादी केन्द्रका अमरसिंह घर्ती मगरले तीन हजार ८३० मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका विजय घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरे।

उपाध्यक्षमा माओवादीका जयपुरी घर्ती मगरले तीन हजार ९६६ मत प्राप्त गरी विजयी भए। कांग्रेसका कृष्ण विकले तीन हजार ५० मत ल्याए।

जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका रहेको छ।

३ जेठ, २०७९, १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।