काभ्रेको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

काभ्रेको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

काभ्रेः भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले चार हजार ५६८ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा कांग्रेसका जीतेन्द्रमान तामाङले ६ हजार ९८ मत प्राप्त गरी विजयी भएका छन्। उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पनाकुमारी श्रेष्ठले चार हजार २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रुद्र कोइरालाले बताए।

सो पालिकाको वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ, वडा नं २ मा कांग्रेसका सुजन भण्डारी, वडा नं ३ मा एमालेका ज्ञानबहादुर तामाङ, वडा नं ४ मा एमालेकै लोकबहादुर कुँवर, वडा नं ५ मा कांग्रेसका अञ्चलकुमार मोक्तान, वडा नं ६ मा एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ मा एमालेकै रमेशराज खरेल, वडा नं ८ मा एकीकृत समाजवादीका मोतीलाल तामाङ, वडा नं ९ मा कांग्रेसका दलबहादुर तामाङ र वडा नं १० मा एमालेका केशरमान लामा विजयी भएका छन्।

३ जेठ, २०७९, १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।