लमजुङ सुन्दरबजारको मेयरमा कांग्रेसका कोइराला, उपमेयरमा एमालेकी केसी विजयी

लमजुङ सुन्दरबजारको मेयरमा कांग्रेसका कोइराला, उपमेयरमा एमालेकी केसी विजयी

पोखराः लमजुङको सुन्दरबजार नगरपालिकामा गठबन्धनका उम्मेदवार मेयरमा विजयी भएका छन्। गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला ६ हजार ६४१ मत पाएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत पाएका छन। कोइरालाले गुरुङलाई ६०५ मतले पराजित गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेदवार बनेका सन्तबहादुर बस्नेतले तीन सय ८५ मत र मंगोल नेशनल अर्गानाइजेसनका भीमराज गुरुङले ५१ मत पाए।

उपमेयरमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत पाएर विजयी भइन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रले चार हजार ४७५ मत पाएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रामबाबु अधिकारीले जम्मा दुई हजार २०४ मत पाए।

३ जेठ, २०७९, ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।