ललितपुर महानगर- ५ मा एमालेका विकासमान विजयी, मेयरमा हरिकृष्ण अझै ४२ सय मतले पछि

ललितपुर महानगर- ५ मा एमालेका विकासमान विजयी, मेयरमा हरिकृष्ण अझै ४२ सय मतले पछि

काठमाडौंः ललितपुर महानगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजर ७९ मत पाएर विजयी भएका हुन्।

यता महानगरको मेयरमा भने चिरिबाबु नै अगाडि छन्। हालसम्म १३ हजार २१६ मत गणना गर्दा चिरिबाबु महर्जनले सात हजार ४१० मत ल्याएका छन्। एमालेका हरिकृष्ण व्यञ्जनकार तीन हजार १९२ मतसहित पछि नै छन्।

यी दुईबीच चार हजार २१८ मतको फरक छ।

उपमेयरतर्फ एमालेकी मञ्जली शाक्यले अग्रता बनाएकी छिन्। उनले तीन हजार ८०० मत ल्याउँदा माओवादीका बाबुराज बज्राचार्यले दुई हजार ३२६ मत ल्याएका छन्। 

३ जेठ, २०७९, ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।