बेलकोटगढीको मेयरमा माओवादी, उपमेयरमा एक मतले कांग्रेसको अग्रता*

बेलकोटगढीको मेयरमा माओवादी, उपमेयरमा एक मतले कांग्रेसको अग्रता*

काठमाडौंः नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयर पदमा माओवादीका जगतबहादुर गुरुङले अग्रता कायम राखेका छन्। उनी तीन हजार ७०५ मतसहित अगाडि छन्।

उनका प्रतिस्पर्धी एमालेका राजेन्द्ररमण खनाल दुई हजार ९४ मतसहित पछ्याउँदै छन्। यस्तै राप्रपाका युवराज पाण्डेले ४७३ मत ल्याएका छन्।

यता उपमेयरतर्फ कांग्रेसका शिवप्रसाद दाहाल दुई हजार ७४ मतसहित अगाडि छन्। एमालेकी रूपा सापकोटा एक मतले पछि छिन्। उनले दुई हजार ७३ मत प्राप्त गरेकी छिन्।

यस्तै यसोदा दहालले २४३ मत ल्याएकी छिन्। उनी राप्रपाकी उम्मेदवार हुन्।

*अग्रता कायम हुनुपर्नेमा विजयी भएको समाचार प्रकाशन भएकोमा सुधार गरिएको

३ जेठ, २०७९, ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।