३३ सय मतले पछि छन् बुटवलमा एमालेका भट्टराई

३३ सय मतले पछि छन् बुटवलमा एमालेका भट्टराई

बुटवलः स्थानीय तह निर्वाचनको जारी मतगणनामा बुटवलको मेयर पदका उम्मेदवार खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। गठबन्धनको तर्फबाट कांग्रेसका उनले १० हजार ६११ मत प्राप्त गर्दै आएका छन्।

नेकपा एमालेका बाबुराम भट्टराईले सात हजार ८२ मत प्राप्त गरेका छन्। पछिल्लो प्राप्त तथ्यङ्कमा भट्टराई पाण्डेभन्दा तीन हजार ३२९ मतले पछि परेका छन्।

यसैगी राप्रपाका मृगेन्द्र शेरचनले दुई हजार ६४ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी सवित्रा अर्यालले अग्रता कायम राखेकी छन्। उनले गठबन्धनका चिनबहादुर गुरुङलाई दुई हजार २२१ मतले पछि पारेकी हुन्।

अर्यालले सात हजार ७७३ मत प्राप्त गर्दा एकीकृत समाजवादीका गुरुङले पात हजार ६८२ मत प्राप्त गरेका छन्। यसैगरी राप्रपाकी भगवती पाण्डे सैंजुले दुई हजार ३६३ मत प्राप्त गरेकी छन्।

३ जेठ, २०७९, ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।