कालिकोटको पलातामा माओवादीबाट अध्यक्ष उपाध्यक्ष विजयी 

कालिकोटको पलातामा माओवादीबाट अध्यक्ष उपाध्यक्ष विजयी 

काठमाडौं : कालिकोटको पलाता गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। पार्टीले अध्यक्ष उपाध्यक्ष दुबै पद जितेको हो। 

निर्वाचन आयोगको तथ्यांक अनुसार माओवादी उम्मेदवार विष्णु बहादुर रोकाया २ हजार २९२ मतका साथ विजयी भए। 

नेपाली कांग्रेसका केशर सिंह बमले १ हजार ४५६ मत प्राप्त गरे। एमालेकी अनन्त विश्वकर्माले १ हाजर ४३२ मत प्राप्त गरे। उपाध्यक्षमा पनि माओवादी नै विजय भयो। माओवादी उम्मेदवार अलै पुरा जैशीले १ हजार ७४३ मत ल्याउँदै विजयी भइन्।

दोस्रो भएको जलशा कुमारी बुढाले १ हजार ५९४ मत ल्याउँदा कांग्रेसकी दिलु बमले १ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्थांकले देखाएको छ। 
 

२ जेठ, २०७९, २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।