रुपन्देहीको देवदहमा एमालेका खरेलले अग्रता कायमै

रुपन्देहीको देवदहमा एमालेका खरेलले अग्रता कायमै

बुटवल : रुपन्देहीको देवदहमा नेकपा एमाले मेयरका उम्मेदवार धुव्रसाद खरेलले अग्रता कायम राखेका छन्। देवदहमा पछिल्लो मत परिणाम अनुसार १६ हजार १ सय मत गणना गर्दा २२९ मतान्तरले खरेलले अग्रता लिएका छन्। 

शुरुवात देखि अग्रता लिइरहेका खरेले अहिले पनि अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणाम अनुसार एमाले मेयर पदका उम्मेदवार खरेल ५४८३ र नेपाली काग्रेसका मेयरका उम्मेदवार हिराबहादुर खत्रीको ५२५४ मत प्राप्त गरेका छन्। देवदहमा अहिले ५ वटा वडाको मतगणना भइरहेको छ।

देवदहमा ४ वटा वडाको मतगणना सकिएको छ। जस मध्ये ३ वटा वडामा नेपाली काग्रेसले जितेको छ भने, एउटा वडामा नेकपा एमालेले जितेको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार माधव रिमालले १८९९ मत प्राप्त गरेका छन्। 

यसैगरी उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले ५८६६, गठबन्धनका उम्मेदवारले ३१९१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १५९६ मत प्राप्त गरेका छन्। यसैगरी देवदह–५,मा एकहजार मत गणना हुदा वडाअध्यक्षमाा सूर्यमा ३५०, रुखमा २४०, हलोमा १२८ मत रहेको छ। 

देवदह–६, मा ७०० मत गणना हुदा सूर्यमा २५८, रुखमा २२०, हलोमा ५४ मत रहेको छ। यसैगरी देवदह–११, मा १८ सय मत गणना हुदा सूर्यमा ३६१, रुखमा ५०७, हसिया हथौडामा १९२, हलोमा ३७३ मत रहेको छ। 

देवदह– १२, मा १७ सय मत गणना हुदा सूर्यमा २८३, रुखा ४९४, हलोमा ४४१ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ। यसैगरी देवदह ५, को अन्य सदस्यहरुमा समेत नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिइरहेका छन्। 

२ जेठ, २०७९, १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।