बैतडी मेलौलीको मेयरमा माओवादीका भुकम्प विजयी, उपमेयरमा बिष्ट

बैतडी मेलौलीको मेयरमा माओवादीका भुकम्प विजयी, उपमेयरमा बिष्ट

बैतडी। बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दको इन्ट्री भएको हो।

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकलाई पछि पार्दै चन्द मेयरमा विजयी भएका हुन्। गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसका कृष्णसिंह नायकसंग झिनो मतले पराजित भएका थिए। 

मेयरमा विजयी भएका चन्दले ३ हजार ९६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकले २ हजार ३७६ मत प्राप्त गरे। यो नगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेदवार प्रेमबहादुर चन्दले तेश्रो मत प्राप्त गरेका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसकी पार्वती बोहरा बिष्ट विजयी भएकी छिन्। उनले एमालेकी हेमन्ती नायकलाई पछि पार्दै उपमेयरमा जित निकालेकी हुन्। उपमेयरमा विजयी कांग्रेसकी बिष्टले २ हजार ९२७ मत ल्याउँदा एमालेकी नायकले २ हजार ४०८ मत ल्याइन्। मेलौली नगरपालिकाका ९ वडा मध्ये ४ मा नेपाली कांग्रेस, तीनमा माओवादी केन्द्र र दुईमा एमालेले जित निकालेको छ।

२ जेठ, २०७९, १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।