धनगढीमा हमालले फराकिलो मतान्तर बनाउँदै, १०३२९ मत गन्दा कसको कति?

धनगढीमा हमालले फराकिलो मतान्तर बनाउँदै, १०३२९ मत गन्दा कसको कति?

कैलाली : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। शनिबारदेखि मतगणना सुरु भएकोमा अहिलेसम्म १० हजार ३२९ गणना भएको छ। जसमा हमालले ४ हजार ५३८ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत पाएका छन्। मेयर पदमा खसेकामध्ये हालसम्म २ हजार ७९ मत बदर भएका छन्। हमाल र वडबीच २११० मतको अन्तर रहेको छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत पाएका छन्।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।
 

२ जेठ, २०७९, १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।