पोखरामा गठबन्धनका मेयर उम्मेदवारले फराकिलो अग्रता, उपमेयरबीच तीव्र प्रतिस्पर्धा 

पोखरामा गठबन्धनका मेयर उम्मेदवारले फराकिलो अग्रता, उपमेयरबीच तीव्र प्रतिस्पर्धा 

पोखरा : पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले मतगणनाको शुरुवातबाटै अग्रता लिइरहेका छन्।

महानगरमा १२ हजार ९७ मतगणना हुँदा आचार्यले ४ हजार ८ सय ५८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले चार हजार ३ सय ५२ मत पाएका छन्। थापाको भन्दा आचार्यको ५०६ मत बढी छ। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ५४१ मत पाएका छन् भने स्वतन्त्र उमेदवार खडकराज (गनेश) पौडेलले ३११ मत पाएका छन्। उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४ हजार ९ सय ९३ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले ४ हजार ९ सय ८० मत प्राप्त गरेकी छन्। कांग्रेसकी रानाभाटले गुरुङलाइ १३ मत मतले उछिनेकी छिन। 

पोखरा महानगरपालिका अहिलेसम्म वडा नम्वर १,२,३,४, १२,२३,२४ र २५ वडाको मतगणना चलिरहेको छ। पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्। शुक्रबार सम्पन्न मतदानमा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।  

२ जेठ, २०७९, १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।