कास्कीको रुपा गाउँपालिकामा एमालेका ओझा र गुरुङ विजयी

कास्कीको रुपा गाउँपालिकामा एमालेका ओझा र गुरुङ विजयी

पोखरा : कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ विजयी भएका छन्। ओझा ५ हजार ७४९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी गिमाया गुरुङले ४ हजार १३७ मत पाएकी छिन। ओझाले गुरुङलाई १ हजार ६१२ मतान्तरले पराजित गरेका हुन। 

यसै गरी उपाध्यक्षमा एमालेकी गुरुङले ५ हजार ३३२ मत ल्याएर विजयी भएकी छिन। उनका प्रतिस्पर्धी कांग्रेसका नारायण श्रेष्ठले ४ हजार १५३ मत पाएका थिए। ०७४ मा पनि रुपा गाउँपालिकामा ओझा अध्यक्ष र गुरुङ उपाध्यक्षमा निर्वाचित भएका थिए।

पुनः पाँच वर्षका लागि पनि रुपामा दुवै जना दोहोरिएका छन्। रुपाका ७ वडामध्ये ६ वटामा एमालेको पुरै प्यानलसहित जित हासिल गरेको छ।  

२ जेठ, २०७९, १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।