भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (तस्‍बिरहरु)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (तस्‍बिरहरु)

लुम्बिनी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। आज बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका मोदीले मायादेवी मन्दिरमा पूजा गरी पिपलको बृक्षमा जल चढाएका छन्।

लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा प्रार्थना गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

आजै दिउँसो दुवै मुलुकका प्रधानमन्त्रीले बुद्ध जयन्ती समारोहलाई सम्बोधन समेत गर्नेछन्।

मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो। उनी लुम्बिनीबाट आजै दिन स्वदेश फर्कने छन्। 

 

 

 

२ जेठ, २०७९, ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।