बुटवलमा कांग्रेसका पाण्डेको अग्रता कायमै, मतान्तर घटाउँदै बाबुराम

बुटवलमा कांग्रेसका पाण्डेको अग्रता कायमै, मतान्तर घटाउँदै बाबुराम

बुटवल : बुटवल उपमहानगरको पछिल्लो परिणाममा मेयर पदमा एमाले उम्मेदवार बावुराम भट्टराईले आफ्नो मतलाई थप गर्दै कायम रहेको दुरी घटाएका छन्। झण्डै दोब्बर मतले अग्रता लिँदै गरेका गठबन्धनबाट कांग्रेस उम्मेदवारलाई रोकेर बावुरामले मतान्तर घटाएका हुन्।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेस उम्मेदवार खेलराज पाण्डेले २९४८ मत प्राप्त गर्दा नेकपा एमालेका बाबुराम भट्टराईले १८५१ मत पाएका छन्। राप्रपाका हलो मृगेन्द्र शेरचनले ८७८ भोट पाएका छन्।

उपमेयरमा एमालेकी सावित्री आर्यालको अग्रता कायम रहेको छ। अर्यालले २१३१ मत पाउँदा गठबन्धनमा नेकपा एकीकृत समाजवादीका चिन बहादुर गुरूङले १७६६ मत पाएका छन्। बुटवलमा उपमेयरमा राप्रपाकी भगवती पाण्डे १०४८ मत ल्याएर तेस्रो स्थानमा छिन्।

१ जेठ, २०७९, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।