भोट त सबै बालेनलाई गयो कि क्या हो ! सभागृह गणनास्थलका रोचक १० दृश्य  

भोट त सबै बालेनलाई गयो कि क्या हो ! सभागृह गणनास्थलका रोचक १० दृश्य  

काठमाडौँ : काठमाडौँवासीले आफ्नो जनप्रतिनिधि को चुने होलान् भनेर शनिवार बिहान साढे ९ बजेबाट राष्ट्रिय सभा गृहमा मत गनेको गन्यै छन् गणक। तर एक छेउ पल्टिएको हैन। उम्मेदवारै नउठेको दलको चुनाव चिन्ह पनि छापेर निर्वाचन आयोगले मत पत्र नाङ्लो जत्रो छापेको छ। तलदेखि माथिसम्म हेरेर नभने मत गनेको रुझूँ गर्न बसेका उम्मेदवारका प्रतिनिधिले विवाद गरिहाल्छन्। प्रतिनिधिको चित्त बुझाउँदै गन्दा बाहिर ६ महिना लगाउने भए भन्दै समर्थकहरू गाली गरिरहेका छन्।

निर्वाचन कार्यालयका अनुसार अहिले एकै पटक ३२ वटामध्ये ६ वडाको मत गन्ने काम भइरहेको छ। तर सोचेजस्तो तीव्र हुन सकेको छैन। शनिवार बिहान साढे ९ बजेबाट गन्न थालिएको वडा नम्बर ३२ र एकको समेत नतिजा आउन सकेको छैन।

निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकामा एक लाख ९० हजार हाराहारीमा मत खसेको छ। अहिलेको गति हेर्दा दिनमा तीन हजार मत समेत गन्न भ्याएको देखिन्न। यसको आधारमा हेर्दा २ महिनाभन्दा बढी समय त मत गन्नै लाग्ने देखिन्छ।

गणकहरू थकित देखिन्छन्। अनि प्रतिनिधिहरू पनि दिक्क। बालेन साहका तर्फबाट प्रतिनिधि बसेका उत्साहित छन्। उनले मेयरमा अग्रता लिइरहेका छन्। केशव स्थापित अनि सिर्जना सिंहका प्रतिनिधिलाई पनि आफ्नो क्षेत्र आएपछि अग्रता लिने आस देखियो। तर अन्य उम्मेदवारका प्रतिनिधि भने उठौँ कि बसौँको अवस्थामा देखिए। 

१ जेठ, २०७९, १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।