उकेरा खेल

अष्ट्रेलियाका पूर्व क्रिकेटर साइमन्ड्सको मृत्यु, खेलाडीको रूपमा दुई वटा विश्वकप जितेका थिए


एजेन्सीः अष्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु भएको छ। शनिबार राति कार दुर्घटनामा उनको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको उनको कार अनियन्त्रित भई पल्टिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ। कारमा उनी एक्लै थिए। उनी दुर्घटनामा गम्भीर घाइते भएपछि अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको हो।

४६ वर्षीय एन्ड्रयु अष्ट्रेलियाका सफल क्रिकेटरमध्ये गनिन्छन्। उनी २००३ र २००७ को विश्वकप विजेता टोलीको मुख्य खेलाडीको रूपमा सामेल थिए।

उनले अष्ट्रेलियाका २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी ट्वेन्टी खेल खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ग्यारेथ बेल लस एन्जलस फुटबल क्लबमा अनुबन्धित हुने

यसबारे बेलले शनिबार ट्वीट गर्दै पुष्टि गरेका हुन्। उनले लेखेका छन्, ‘लस एन्जलस, चाँडै भेटौंला।’ उनले सोही पोस्टमा लस एन्जलस फुटबल क्लबलाई मेन्सन पनि गरेका....

एन्फाले ३० दिनमा श्वेतपत्र जारी गर्ने, जुवा खेलाउने सम्झौताबारे मौन

पुरानो कार्यसमितिका अध्यक्ष कर्मा छिरिङ शेर्पामाथि अपारदर्शिता र विवादित सम्झौता गरेको आरोप लाग्दै आएको छ। उनको कार्यकालमा भएका आर्थिक तथा प्रशासनिक अवस्थाको बारेमा जानकारी दिन....

टिम बाहिर रहेका दश खेलाडीलाई स-सम्मान फिर्ता बोलाउने नवनिर्वाचित एन्फा कार्यसमितिको निर्णय

बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसंग समन्वय गरि कार्यन्वन गर्न सचिवालयलाई निर्देशन दिने....

२२ वर्षपछि अष्ट्रेलियाविरुद्धको श्रृङ्खला जित्यो श्रीलङ्काले

गए राति सम्पन्न चौथो एकदिवसीयमा श्रीलङ्काले अष्ट्रेलियालाई चार रनले हराउँदै ३-१ ले श्रृङ्खला जितेको हो। योसँगै श्रीलङ्काले होम ग्राउण्डमा अष्ट्रेलियाविरुद्धको श्रृङ्खला २२ वर्षपछि जितेको हो। अन्तिम पटक श्रीलङ्काले....

एससी महिला च्याम्पियनसिपः नेपाल हङकङसँग पराजित

हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे। नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक....