बालेनले कटाए दुई हजार मत, स्थापित र सिंह एक हजारको आसपासमा

बालेनले कटाए दुई हजार मत, स्थापित र सिंह एक हजारको आसपासमा

काठमाडौंः स्वतन्त्रबाट काठमाडौं महानगरको मेयर पदमा उठेका बालेन साहले दुई हजार मत कटाएका छन्। वडा नम्बर १, २, ३, ४ र ३२ को मतपेटिकाबाट गरिएको गणनामा बालेनले दुई हजार ७१ मत ल्याएका छन्। 

बिहान ९ बजेको परिणामअनुसार बालेनलाई एमालेका केशव स्थापितले एक हजार १६४ मतसहित पछ्याइरहेका छन्। 

यता गठबन्धनको तर्फबाट कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ६ मत प्राप्त गरेकी छिन्।

अहिलेसम्म बालेनले वडा नम्बर ३२ बाट सबैभन्दा धेरै मत ल्याएका छन्। कोटेश्वर, तीनकुने लगायत क्षेत्र पर्ने ३२ नम्बर वडामा उनले हालसम्म ४८० मत ल्याएका हुन्।

यस्तै १ नम्बर वडाबाट उनले ४४९ मत ल्याउँदा २ बाट ४५७ मत ल्याएका छन्। ३ नम्बर वडाबाट उनले २१४ मत पाउँदा ४ मा ४१७ मत पाएका छन्।

हालसम्म भएको १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणनामा उनी नै सबैभन्दा अगाडि छन्।

१ जेठ, २०७९, ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।