मोदी र बुद्धजयन्तीको स्वागतमा सिँगारियो लुम्बिनी

मोदी र बुद्धजयन्तीको स्वागतमा सिँगारियो लुम्बिनी
तस्बिरहरू: विकाश पराजुली

बुटवलः २५६६ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीलाई सिँगार्ने काम भइरहेको छ। मायादेवी परिसर, ध्यान केन्द्र सजाउने काम तीव्र गतिमा भइरहेको छ।

जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लुम्बिनी आउँदैछन्। उनको स्वागत र बुद्धजयन्ती दुवैको अवसरमा यतिबेला लुम्बिनी क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

यसअघि नै भारतीय वायुसेनाको विमान लुम्बिनी आएको थियो। विमानमा भारतीय प्रधानमन्त्री मोदीले प्रयोग गर्ने गाडी पनि ल्याइएको थियो।

लुम्बिनी क्षेत्रमा हेलिप्याड पनि निर्माणको काम भएको छ। भारतीय सुरक्षाफौज सहितको टीमले लुम्बिनीमा आएर हेलिप्याड जाँच पनि गरेर फर्किएका छन्।

लुम्बिनी आएर मोदी भारतले निर्माण गर्न लागेको विहारसम्म पुग्ने कार्यक्रम छ। त्यसका लागि विहारसम्म पुग्ने बाटो निर्माण पनि गरिएको छ।

उक्त विहारको भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ।

१ जेठ, २०७९, ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।