रोल्पा : रोल्पाको एक स्थानीय तहको वडामा दुई उम्मेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ।
उकेरा न्युज
रोल्पामा गोला प्रथाबाट माओवादीका उम्मेदवार डाँडी विजयी

रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।
दुवै उम्मेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगी विजयी भएका छन्। सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ।
२०७९ वैशाख ३१ गते १८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।