महानगरको २ नम्बर वडामा बालेनको अग्रता

महानगरको २ नम्बर वडामा बालेनको अग्रता

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ र २ को मतले स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो नम्बरमा छन्। वडा नम्बर १ र २ मा भने उनको मत ३२ झैँ उत्साहजनक आएको छैन।

तीन वडाको अहिलेसम्म गनेको मतमध्ये बालेनले २ सय ८७, एमाले उम्मेदवार केशव स्थापितले २ सय ६१ र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ५९ मत पाएकी छिन्।

३२ वडामा स्थापित पहिलो नम्बरमा छन् भने बालेन दोस्रोमा छन्। वडा १ मा स्थापित पहिलो र सिंह दोस्रोमा छन् भने वडा २ मा बालेन पहिलोमा छन्। स्थापित दोस्रो र सिंह तेस्रोमा छन्।

३२ वडामा स्थापितको १ सय ४३ आउँदा बालेनले एक सय ४१ मत ल्याए। सिंहको जम्मा ५३ मत ल्याएका छन्। वडा १ मा स्थापितको ९२ आउँदा सिंहले ९१ र बालेनले ८६ मत ल्याए। वडा २ मा हालसम्म गणना भएको मतमध्ये स्थापितको २६, सिंहको १५ र बालेनको ६० मत पाएका छन्।

निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकामा एक लाख ९१ हजार १ सय ८६ जनाले मतदान गरेका छन्। अर्थात् कुल मतदाताको ६४ प्रतिशत मात्र मत खस्यो स्थानीय तहको निर्वाचनमा।

वडा नम्बर एकमा २ हजार ३ सय १८ मत खसेको छ भने ३२ मा १२ हजार १५ मत खसेको छ। वडा नम्बर २ मा ३३९७ मत खसेको छ।

३१ बैशाख, २०७९, १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।