पोखरा । पोखरा महानगरको मतगणना सुरु भएको छ। बिहान भएको सर्वदलीय बैठकले २ बजेदेखि सुरु गर्ने सहमति गरेपछि ढिलो गरी मतगणना सुरू भएको हो। दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सुरुमा पोखराको वडा नम्बर १२ बाट गणना सुरु गरिएको छ।
उकेरा प्रदेश
ढिलोगरी पोखरा महानगरको मतगणना सुरु

निर्वाचन आयोगले महानगरको मतगणना जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको आठ ठाउँबाट मत गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
कास्कीका माछापुच्छ्रे गाउँपालिका रूपा, मादी र अन्नपूर्ण गाउँपालिकामा मतगणना चलिरहेको छ। ३३ वटा वडा रहेको महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
त्यसमध्ये ७६ हजार ६ सय २० महिला, ६६ हजार ५ सय ६६ पुरुष र २ जना तेस्रो लिङ्गीले मतदान गरेका थिए। महानगरमा कुल ६८.९५ प्रतिशत मात्र मत खसेको छ।
२०७९ वैशाख ३१ गते १७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।