काठमाडौँ : डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस बीपीले नेपाली कांग्रेसलाई हराएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।
उकेरा न्युज
देउवाको गृह वडामा कांग्रेस पराजित

कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेलधुरामा कांग्रेस बीपी र एमालेबीच चुनावी तालमेल भएको छ।
२०७९ वैशाख ३१ गते १७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।