बुटवल : कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार बनेका नरेन्द्र बस्नेत बुटवल उपमहानगरको वडा न १ को वडा अध्यक्षमा विजयी भएका छन्।
उकेरा प्रदेश
बुटवल १ मा कांग्रेसका बागी उम्मेदवार बस्नेत विजयी
निरन्तर नेपाली कांग्रेसमा सक्रिय उनी पुतली चुनाव चिन्ह लिएर बागी उम्मेदवार बनेका थिए।
उनलाई कांग्रेसले केही दिन अघि मात्रै कारबाही गरेको थियो। त्यसै गरी उक्त वडाबाट अन्य सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन्। महिला सदस्य निलम गौतम, दलित महिला सदस्य किरणसिंह धोवी,अशोक राई र अजित अहमद खाँन विजयी भएका हुन्।
२०७९ वैशाख ३१ गते १६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।