काठमाडौँ : सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन्। सोही पदमा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत पाएका छन्। वडा नं १ को अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन्।
उकेरा न्युज
धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

उपप्रमुखमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० र नेकपा एमालेकी कन्दकला रानाथारुले १० मत पाएकी छन्। मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नं १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ। उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ।
यसैगरी गोदावरी नगरपालिमा नेपाली कांग्रेस, बर्दगोरिया गाउँपालिकामा एमाले, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, कैलारी गाउँपालिकाको प्रमुख(अध्यक्षमा राप्रपाका प्रत्यासी अगाडि छन्। टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकामा भने नागरिक उन्मुक्ति पार्टीका प्रमुख अगाडि छन्। टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा उक्त पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो। जिल्लाको मोहन्याल गाउँपालिकाबाहेक सबै १२ पालिकामा निर्वाचनको मतगणना जारी छ।
२०७९ वैशाख ३१ गते १६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।