काठमाडौँ महानगरको एक वडामा बालेनको मत तेस्रो

काठमाडौँ महानगरको एक वडामा बालेनको मत तेस्रो

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको पाँच सय मत गन्दासम्म बालेन साहले आफ्नो अग्रतालाई कायमै राखेका छन्। वडा नम्बर ३२ र १ को मत गन्दा उनले ३२ बाट राम्रै मत पाएको देखियो भने १ मा अपेक्षा अनुसारको मत देखिएन।

३२ वडामा बालेनले लिड गरेका छन् भने १ वडामा केशव स्थापित अगाडि छन्। ३२ वडामा उनले एक सय पाँच र १ बाट ५६ मत पाएर एक सय ६१ मत ल्याए।

३२ मा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३५ र १ मा ७२ मत ल्याएर पाँच सयमा एक सय ७ मत ल्याइन। एमाले उम्मेदवार केशव स्थापितले ३२ मा २६ मात्र मत ल्याए भने १ मा ७६ मत ल्याएर एक सय २ मत ल्याए।

वडा नम्बर एकमा २ हजार ३ सय १८ मत खसेको छ भने ३२ मा १२ हजार १५ मत खसेको छ। दुबै क्षेत्रमा खसेको मत सङ्ख्या सन्तोषजनक हैन। मतदानपछिको आङ्कलनमा यी क्षेत्रमा साहको पक्षमा राम्रो मत खसेको देखिएको थियो। 

३१ बैशाख, २०७९, १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।