बागलुङको ताराखोला –५ को अध्यक्षमा माओवादीका रोका विजयी 

बागलुङको ताराखोला –५ को अध्यक्षमा माओवादीका रोका विजयी 

पोखरा : नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशमा पहिलो पटक बागलुङमा खाता खेलेको छ। शुक्रबार सम्पन्न भएको निर्वाचनमा बागलुङको ताराखोला गाउँपालिका–५ को वडा अध्यक्षमा माओवादीका मनबहादुर रोका विजयी भएका छन्। उनले ८ सय ५४ मत पाएर अध्यक्ष पदमा विजयी भएका हुन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका धन प्रसाद बुढाले २ सय १९ मत प्राप्त गरेका छन्। रोकाले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । उनले एमालेका बुढालाई ६ सय ३५ मतान्तरले पराजित गरेको छन् ।

खुल्ला महिला सदस्यमा गठबन्धन माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी विजयी भएका छन्। 
त्यसैगरी खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कंडेल र माओवादीका चन्द्रा रोका विजयी भएका छन्।
 

३१ बैशाख, २०७९, १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।