बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङ : बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन्। एमालेका पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएकी छन्।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिएका छन्। एमालेका रुपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन्। ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिएका छन्। एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ। उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाको २९६ एमालेकी थममाया घर्तीले १०२ मत पाएका छन्।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ। अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्तीले १४७ मतले अग्रता लिनुभएको हो। एमालेका भूमिराज घर्तीमगरले ११३ मत पाएका छन्। उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १०५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन्। जिल्लाका अन्य सात पालिकामा मतगणनाको तयारी भइरहेको छ।  

३१ बैशाख, २०७९, १४:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।