काठमाडौँ : रोचक प्रतिस्पर्धा देखिएको काठमाडौँ महानगरपालिकाको मेयरको ३ सय मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन्। उनको अग्रताको मत भने झिनो छ।
उकेरा न्युज
काठमाडौँ महानगरको ३ सय मत गन्दा बालेन २ मतले पहिलो स्थानमा

उनले नेपाली काङ्ग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहभन्दा २ मत बढी पाएका छन्। सिर्जनाले ७० मत पाएकी छिन्। एमाले उम्मेदवार केशव स्थापितले ५९ मत ल्याउँदा चौथो नम्बरमा राप्रपाका मदनदास श्रेष्ठले ९ मत पाएका छन्।
काठमाडौँको कोर शहरी क्षेत्र बाहिरबाट मतगणना शुरु भएकाले बालेनले यी क्षेत्रमा अन्य उम्मेदवारभन्दा फराकिलो मतले अग्रता नलिए जित्न सहज देखिन्न। काठमाडौँ महानगरपालिकाका करिव एक लाख ८० हजार मत खसेको छ। प्रारम्भिक मत सर्वेक्षणमा बालेन साहले महानगरको मध्य र रिङरोड बाहिरको क्षेत्रबाट राम्रो मत पाएको र सिंह र केशव स्थापितले महानगरको कोर सिटी क्षेत्रबाट राम्रो मत पाएको देखिएको थियो।
२०७९ वैशाख ३१ गते १३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।