पोखराः स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका डिलबहादुर गुरुङ विजयी भएका छन्। गुरुङले चार समय मत ल्याएर विजयी भएका हुन्।
स्थानीय सरकार
स्याङ्जाको फेदीखोला- ५ को वडाअध्यक्षमा कांग्रेसका गुरुङ विजयी

गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका गुरुङका प्रतिस्पर्धी नेकपा एमालेका चेतनदास शर्माले ३५९ मत पाएका थिए। गुरुङ र शर्माबीच ४१ मतको अन्तर रहेको छ।
त्यस्तै महिला सदस्यमा कांग्रेसकी पार्वती क्षेत्री, खुला सदस्यमा कमल लामिछाने क्षेत्री र थमनबहादुर गुरुङ विजयी भएका छन्। दलित महिला सदस्यमा भने एमालेबाट कौशिला परियार विजयी भएकी छिन्।
स्याङ्जाका पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये यसअघि हरिनास गाउँपालिका- १ को वडा अध्यक्षमा कांग्रेसले खाता खोलिसकेको छ।
२०७९ वैशाख ३१ गते १३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।