प्यूठानको सरुमारानी- ६ को वडाध्यक्षमा एमालेका तिलबहादुर विजयी

प्यूठानको सरुमारानी- ६ को वडाध्यक्षमा एमालेका तिलबहादुर विजयी

प्यूठानः सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिलबहादुर बुढामगर विजयी भएका छन्। आज बिहान सकिएको वडाको मतगणनामा उनले ६९५ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बोमबहादुर पुनले ४४३ मत ल्याएका थिए। सदस्यमा यनुका विक, यनुका राहुँ, नमबहादुर उलुङे र खड्गबहादुर महरा विजयी भएका छन्।

गाउँपालिका प्रमुखमा नेकपा एमाले फराकिलो मतान्तरले अगाडि छ। एमालेबाट गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले ६४५ र नेपाली कांग्रेसका मुकुन्दराज शर्माले २४३ मत ल्याएका छन्। उनीहरूबीच ४०२ मतको मतान्तर छ।

उपाध्यक्षमा एमालेकी वसन्ता खड्काले ६४० र माओवादीका गुप्तबहादुर रानाले २६९ मत ल्याएका छन्।

३१ बैशाख, २०७९, १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।