काठमाडौँ : नवलपरासीको बुलिङटार गाउँपालिकाको प्रमुखमा एमाले उम्मेदवार दीपेन्द्र सुनारीले अग्रता लिएका छन्। उनले ७४४ मत ल्याएका छन्। कांग्रेसका शशि किरण बस्ताकोटीले ६४४ मतका साथ पच्छ्याइरहेका छन्।
स्थानीय सरकार
बुलिङटार गाउँपालिकामा कांग्रेसको मत क्रस हुँदा एमाले अगाडि

उपाध्यक्षमा काङ्ग्रेसकी दिलमाया राना ७३६ मतले अगाडि छिन्। उनलाई एमालेकी भूमिका खण्डलुकले ६१७ मतले पच्छ्याएकी छिन्।
६ वडामध्ये वडा नम्बर एकको परिणाम आइसकेको छ। वडा १ मा कांग्रेसका दिलबहादुर सुर्यवंशीले ७७३ मतले जितेका छन्। एमालेका खिमबहादुर दिसुवाले ६०१ मत ल्याए।
मत परिणाम हेर्दा वडा १ मा कांग्रेसका वडाध्यक्षभन्दा अध्यक्षको मत कम आएको छ भने एमालेका वडाध्यक्षको भन्दा अध्यक्षको बढी मत आएकाले सो वडामा अध्यक्षमा कांग्रेसको मत क्रस भएको देखियो।
२०७९ वैशाख ३१ गते १३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।