एजेन्सीः भारतको राजधानी नयाँ दिल्लीस्थित एक व्यापारिक भवनमा आगलागी हुँदा मर्नेहरूको संख्या २७ पुगेको छ। मुण्डाकास्थित पश्चिमी रेलवे स्टेशसन नजिकैको चारतले भवनमा शुक्रबार राति आगलागी भएको थियो।
उकेरा न्युज
दिल्लीको एक भवनमा लागेको आगोमा परी २७ जनाको मृत्यु

आगलागीबाट दर्जनौं मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् भने मर्नेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
आगलागीको समयमा सो भवनभित्र करिब दुई सय मानिस रहेको र तीमध्ये अधिकांशले भवनबाट हाम फालेर आफ्नो ज्यान जोगाएको टाइम्स अफ इण्डियाले जनाएको छ। साँघुरो गल्ली र ट्राफिक जामका कारण उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। भवनका मालिक हरिस गोयल र वरुण गोयलविरुद्ध अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।
मृतकहरूलाई प्रधानमन्त्रीको राहत कोषले जनही दुई लाख (भारु) र घाइतेहरूको उपचारका लागि जनही ५० हजार (भारु) उपलब्ध गराउने बताइएको छ।
२०७९ वैशाख ३१ गते १३:०० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।