काठमाडौँ : पर्वतका सात स्थानीय तहमध्ये जलजला गाउँपालिकाको मत गणनाको परिणाम सार्वजनिक भइरहेका छन्। प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा एमालेका लालबहादुर अधिकारी ३१२ मतले अगाडि छन्। उनलाई नेपाली कांग्रेसका राजुप्रसाद आचार्यले १९७ मतले पच्छ्याइरहेका छन्।
स्थानीय सरकार
पर्वतको जलजलामा एमाले अगाडि

उपाध्यक्षमा एमालेकी सुनिता बरुवाल २५५ र माओवादी केन्द्रका दीपक आचार्य १७१ मत ल्याएका छन्।
नौ वडा रहेको गाउँपालिकामा वडा नम्बर १ बाट मत गन्न सुरु गरिएको हो। वडा १ मा एमालेका जकबहादुर रोका २१९ र कांग्रेसका जगतबहादुर केसी २०७ मत ल्याएका छन्।
२०७९ वैशाख ३१ गते १२:५० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।