काठमाडौँ : मनाङको नार्पा भूमि गाउँपालिकाको प्रमुखमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनले १५८ मत ल्याएर एमालेका कृष्ण बहादुर लामालाई पराजित गरे। लामाको १११ मत आएको थियो। उपाध्यक्षमा एमालेकी मेङमर फुन्चो लामा निर्विरोध भइसकेकी छिन्।
स्थानीय सरकार
मनाङको स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको दबदबा
वडा १ र पाँचमा कांग्रेस र स्वतन्त्र निर्विरोध भएका थिए। बाँकी २ वटा वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन्। वडा २ मा स्वतन्त्र उम्मेदवार फुन्चोक वाङगे लामा, तीनमा स्वतन्त्र लाक्पा छेवाङ लामा विजयी भए।
चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्र बहादुर घले ३२० मतले विजयी भए। कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याएका थिए। उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा ३२५ मतले विजयी भइन्। एमालेकी आशकुमारी गुरुङले २७४ मत ल्याइन्।
वडा १ र २ मा एमाले र कांग्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका थिए। ३ मा कांग्रेसका विनोद लामा, ४ मा कांग्रेसका लोप्ङस लामा र पाँचमा एमालेका कैले गुरुड र कांग्रेसका फुर्वा छिरिङ लामाले ३०-३० मत ल्याउँदा कैले निर्वाचित भए।
ङिस्याङ गाउँपालिकाको प्रमुखको अन्तिम नतिजा आएको छैन। प्रमुखमा एमालेका कान्छा घले ८६१ मतले अगाडि छन्। कांग्रेसका छिरिङ ओङमा गुरुङ ७१३ मतले पच्छ्याइरहेका छन्।
उपाध्यक्षमा स्वतन्त्र छिरिङ गुरुङ ७४४ र कांग्रेसका रिन्जेज धोर्जे गुरुङ ७१९ मत आएको छ। वडा नम्बर ३ र ९ को वडाध्यक्ष निर्विरोध भएका थिए। अन्य वडाको गणना जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
२०७९ वैशाख ३१ गते १२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।