पोखरा महानगरमा ६९ प्रतिशत मत खस्यो 

पोखरा महानगरमा ६९ प्रतिशत मत खस्यो 

पोखरा : स्थानीय तहको आज सम्पन्न निर्वाचनमा पोखरा महानगरमा ६९ प्रतिशत मत खसेको छ।  महानरमा रहेका २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये २ लाख ४३ हजारले मतदान गरेका हुन्। ०७४ को निर्वाचनमा निर्वाचन महानरमा ७४ प्रतिशत मत खसेको थियो।

त्यसबेला पोखरामा रहेका १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ जनाले मतदान गरेका थिए। तर, आज सम्पन्न निर्वाचनमा यसअघिको भन्दा करिब ५ प्रतिशत कम मत खसेको हो।

यस्तै कास्कीको माछापुच्छ्रेमा गाउँपालिकामा ७४ प्रतिशत, अन्नपूर्णमा ६८ प्रतिशत मत खसेको छ। माछापुच्छे गाउँपालिकामा २० हजार ३ सय १६ जना मतदाता रहेकोमा त्यस मध्ये १५ हजार १ सय ८० जनाले मतदान गरेका छन्। त्यसैगरी अन्नपुर्णमा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १३ हजार ९ सय २ जनाले मतदान गरेका छन्। 

अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए। अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेको थियो । मादी गाउँपालिका र रुपा गाउँपालिकाको विवरण आउन बाँकी छ। 

३० बैशाख, २०७९, २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।