पोखरा महानगरको मतगणना शनिबारदेखि हुने 

पोखरा महानगरको मतगणना शनिबारदेखि हुने 

पोखरा : पोखरा महानगरपालिकाको मतगणना शनिबारदेखि हुने भएको छ । आज मतदान सकिएसँगै सबै वडाका मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

महानगरका विभिन्न वडाबाट संकलन गरिएका मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा ल्याएर सुरक्षित राखिने अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

पोखराक्षेत्रको मतगणना नगर विकास समितिमा दुई र जिससका तीन ठाउँबाट गरिने छ । पोखराको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार बनेका छन् ।नेकपा एमालेका तर्फबाट कृष्ण बहादुर थापा उम्मेदवार बनेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट शंकर खराल मेयरको उम्मेदवार छन् भने स्वतन्त्रबाट लेखक गनेस पौडेल स्वतन्त्र उम्मेदवार बनेका छन् । महानरको मेयर उप–मेयरमा विभिन्न दल र स्वतन्त्रबाट समेत झण्डै दुई दर्जनले उम्मेदवारी दिएका छन् ।
 

३० बैशाख, २०७९, २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।