मतदाताले आफ्नो निर्णय गरे, अब परिणामको प्रतीक्षा

मतदाताले आफ्नो निर्णय गरे, अब परिणामको प्रतीक्षा

बुटवल : स्थानीय तहको निर्वाचन अधिकांश स्थानमा शान्तिपूर्ण भएको छ। केही स्थानमा झडपका कारण निर्वाचन स्थगित भयो। मधेसका केही स्थानमा मतपेटिका नै लुटिएको थियो। विगतको तुलनामा निर्वाचन शान्तिपूर्ण देखिएको छ।

अधिकांश स्थानको मतदानको अवधि सकिएपछि मतपेटिका मुचुल्का गरेर मतगणनाका लागि तोकिएको स्थानमा लैजाने क्रम समेत सुरु भएको छ।

यसैबिच बुटवलका अधिकांश स्थानको मतपेटिका संकलनकोक्रम सुरु भएको छ। १९ वडा रहेको उपमहानगरपालिकामा वडा नम्बर ४ र ५ को मतपेटिका  आइसकेको छ। अन्य स्थानको मत पेटिका संकलनकोक्रम सुरु भएको छ। सबै क्षेत्रको मतपेटिका संकललनपछि सर्वदलीय बैठक राखेर आजैबाट मतगणना सुरु गर्ने निर्वाचन कार्यालयको तयारी छ।

३० बैशाख, २०७९, १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।