रुपन्देहीमा वडा अध्यक्षका उम्मेदवारको घरमा विस्फोट, एक जना घाइते

रुपन्देहीमा वडा अध्यक्षका उम्मेदवारको घरमा विस्फोट, एक जना घाइते
तस्बिर: ग्लोवल आजावबाट

बुटवल । रुपन्देहीको मर्चवारीमा वडा अध्यक्षका उम्मेदवारको घरमा शंकास्पद विस्फोट भएको छ। मर्चवारी वडा नं।५ का नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार सोमनाथ पाण्डेयको घरमा विस्फोट भएको हो। 

ग्यास लिक भएर विस्फोट भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। सोमनाथ पाण्डेले बम नै विस्फोट भएको बताएका छन्। उनले आफ्नो घरको ग्यास केही नभएको जानकारी दिए। 

विस्फोट पछि पाण्डेयको घरमा पूर्ण क्षति पुगेको स्थानीय कमलेस यादवले बताए। विस्फोटमा परी एक जना घाइते भएकी छन्। ५० वर्षीय जयमाला पाण्डेय घाइते भएकी छिन्। उनलाई उपचारका लागि भैरहवामा लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

३० बैशाख, २०७९, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।